प्रियंकाले गफ मात्र लगाइन्, सुरक्षाले हिडेर देखाइन्

८ जेठ २०७९ ६:५९

केही बर्ष अगाडि ‘कान्स फिल्म फेस्टिभल’को रेड कार्पेटमा हिड्दैछु भनेर नायिका प्रियंका कार्कीले मिडियालाई जानकारी दिइन् । प्रियंका कान्सको रेड कार्पेटमा हिड्ने खबरले मिडियामा उच्च स्थान पायो । कान्समा जानु अगाडि नै प्रियंकाले यो बिषयमा निक्कै नै ठूला ठूला बयान दिइन् ।

यसैले, आम दर्शक तथा मिडियाकर्मी विश्वका चर्चित सेलिब्रिटीसँग प्रियंकाको रेड कार्पेट फोटो हेर्न आतुर देखिए । तर, कान्समा सहभागी हुन पुगेपछि पनि प्रियंकाको रेड कार्पेट फोटो सार्वजनिक भएन । प्रियंकाले हरेक दिन मिडियाकर्मीलाई भोली–भोली भन्दै टारिन् । अन्त्यमा उनी, रेड कार्पेटमा उपस्थित नै नभई नेपाल फर्किइन् । जसको चर्को आलोचना भैरहँदा उनले केही मिडियाकर्मीलाई बोलाएर स्पष्टिकरण दिएकी थिइन् ।

तर, त्यसको केही बर्षपछि नायिका सुरक्षा पन्त ‘कान्स फिल्म फेस्टिभल’मा पुगिन् । उनले, जानु अगाडि प्रियंकाको जस्तो हल्ला गरिनन् । मात्र, सामाजिक संजालमा आफू जाँदैछु भन्ने जानकारी दिएकी थिइन् । तर, उनै सुरक्षा जब रेड कार्पेटमा रातो गाउनमा देखा परिन्, सबैको ध्यान खिचियो । उनी, हरेक दिन विभिन्न सेलिब्रिटीहरुसँग कान्समा देखिदै आएकी छिन् ।

सुरक्षाले प्रियंकाको जस्तो हल्ला नगरी गइन् र रेड कार्पेटमा हिडेको फोटो र भिडियोले चर्चा पाइन् । प्रियंकाले पहिले हल्ला गरिन् तर पछि रेड कार्पेटमा देखिन नसक्दा आलोचना भोगिन् । आम दर्शकलाई कान्सको रेड कार्पेटमा हिड्ने पहिलो नेपाली कलाकार प्रियंका कार्की होइन र भन्ने प्रश्न समेत उब्जिएको छ । सायद, यो कुराले पाठकको कौतुहलता पनि मेटियो होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *