युक्रेनमा ‘यौन हिंसा’ रोक्न माग गर्दै ‘कान्स’मा टपलेस भइन् महिला

८ जेठ २०७९ ६:४८

फ्रान्समा जारी ‘कान्स फिल्म फेस्टिभल’मा विश्वका चर्चित सेलिब्रिटीहरु सहभागी छन् । विश्वका विभिन्न देशका चलचित्रहरु प्रदर्शन गरिएको यो महोत्सवमा नेपालबाट नायिका सुरक्षा पन्तले पनि पहिलो पटक रेड कार्पेटमा पाइला राखिन् ।

तर, कान्स फिल्म फेस्टिभल चलिरहँदा एक महिलाले भने विरोध प्रदर्शन गरेकी छिन् । विश्वका लाखौ मानिसहरुको ध्यान खिच्न सफल यो महोत्सवमा एक टपलेस महिलाले यौन हिंसाको विरोधमा प्रदर्शन गरेकी छिन् । उनले, युक्रेनमा जारी हिंसामा महिलाहरुमाथि यौन हिंसा भएको भन्दै तत्काल रोक्न माग गरेकी हुन् ।

कालो रंगको गाउनमा रेड कार्पेटमा हिडेकी उनले एक्कासी पहिरन खुलेकी छिन् । त्यसपछि टपलेस भएकी उनले चिच्याउँदै आफूहरुमाथिको हिंसा रोक्न माग गरेको भिडियो सामाजिक संजालमा भाइरल बनेको छ ।

उनले, आफ्नो शरीरमा ‘हामीमाथि यौन हिंसा बन्द गर’ भन्दै पेन्टिङ समेत गरेकी थिइन् । उनलाई तत्काल सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *