भरतपुरमा रेनुको अग्रता ६ हजार कट्यो, कमजोर बन्दै विजय

७ जेठ २०७९ १३:३५

नेकपा एमालेको पकडमा रहेको भनिएको वडामा समेत अपेक्षित मत नआएपछि भरतपुर महानगरपालिकाको मेयर पदको प्रतिस्पर्धामा एमालेका उम्मेदवार विजय सुवेदी पछाडि परेका छन् । उनलाई नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ६ हजार भन्दा बढी मतले पछि पारिसकेकी छिन् ।

भरतपुर महानगरको ८० हजार १० मतको गणना हुँदा रेनुले ३१२४३ मत प्राप्त गरेकी छिन् । उनलाई नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २४६७३ मत ल्याएर पछ्याइरहेका छन् । ६ हजार ५ सय ७० मतले पछि पारेकी छिन् । यस्तै, स्वतन्त्र पदका उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ३ मत प्राप्त गरेका छन् ।

यसपटक रेनुले नेकपा एमाले, राप्रपा र नेपाली कांग्रेसको मत समेत राम्रो प्राप्त गरेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *