बलात्कारको आरोप लागेका पाण्डेलाई प्रहरीले स्वयम्भुबाट समात्यो

७ जेठ २०७९ १३:०६

सौन्दर्य प्रतियोगीताको नाममा एक किशोरीलाई बलात्कार गरेको आरोपमा मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । ‘मिस ग्लोबल इन्टरनेशनल’ नामक कार्यक्रम आयोजना गरेका पाण्डेलाई प्रहरीले स्वयम्भूबाट पक्राउ गरेको हो ।

यो कार्यक्रम सकिएपछि सफलता पार्टी भन्दै एभरेष्ट होटलमा बोलाएर एक प्रतियोगीलाई बलात्कार गरेको आरोप लागेपछि उनी पक्राउ परेका हुन् । ८ बर्ष अगाडिको घटनालाई पीडित यूवतीले टिकटकमा २० वटा भिडियो बनाएर सार्वजनिक गरेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । पाण्डेले आफूलाई नशालु पदार्थ खुवाएर बलात्कार गरेको र आफ्नो नग्न तस्वीर र भिडियो खिचेर ६ महिनासम्म ब्लाकमेल गर्दै जबरजस्ती करणी गरेको भिडियोमा यूवतीले बताएकी छिन् ।

घटनाका कारण आफूले विगत ८ बर्षदेखि गम्भरी मानसिक समस्या भोगेको र औषधी पनि सेवन गरिरहेको उनले बताएकी छिन् ।

यो घटना सार्वजनिक भएसँगै मुलुकका विभिन्न ठाउँमा पीडितको न्यायका लागि प्रदर्शन भैरहेको छ । गुह मन्त्रालयले शुक्रबार नै घटनाको छानबिनका लागि भन्दै उपत्यका अपराध अनुसन्धान कार्यलयका प्रमुख एसएसपी बसन्तबहादुर कुँवरको नेतृत्वमा पाँच सदस्यीय छानविन समिती समेत बनाएको छ ।

पाण्डेविरुद्ध कुन ऐन अनुसार कानूनी कारवाही अगाडि बढाउने भन्ने बिषयमा कुनै पनि टुंगो लागेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *