‘पासो’को ट्रेलरमा बक्सामा थुनिएकी रीस्ताको कथा

७ जेठ २०७९ १२:३१

बीआर इन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुतिमा तयार भएको नेपाली चलचित्र ‘पासो’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको पहिलो ट्रेलरको रुपमा सार्वजनिक प्रचार सामाग्री फरक छ । कार्तिकको २५ गतेबाट रिलिज हुने यो चलचित्रको दोश्रो ट्रेलर पनि सार्वजनिक हुने निर्माणपक्षले बताएको छ ।

चलचित्रमा रीस्ता बस्नेत, सुनिषा बजगाँई, रामकुमार बस्ताकोटी, प्रतिक दुलाल, प्रनव आकाशको मुख्य भूमिका छ । चलचित्रको ट्रेलरमा काठको बक्सा भित्र थुनिएकी यूवतीको कथा भनिएको छ ।

सुर्य दयालुको संगीत रहेको चलचित्रमा कथा, पटकथा, संवाद तथा निर्देशन आर.बी पुनको छ । चलचित्रमा भगवान भूजेलको लगानी छ । उत्तम हुमागाँइको छायांकन रहेको चलचित्रमा भूपेन्द्र अधिकारीको सम्पादन, सुरेज बस्येलको कोरियोग्राफी छ ।

चलचित्र ‘पासो’को कार्यकारी निर्मातामा राजकुमार राउत छन् । चलचित्रले यूवती बलात्कार, हत्या र बदलाको कथा भनेको छ । चलचित्रलाई काठमाडौं बाहिर एफडी कम्पनी र काठमाडौंमा जीजीए ग्रुपले वितरण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *