‘घनचक्कर’मा सौगात र सलोनको लडाई

७ जेठ २०७९ ११:५७

असारको १० गतेबाट नयाँ फिल्म रिलिज हुने भएको छ । सौगात मल्ल, सलोन बस्नेत, जेवी डीसीको मुख्य भूमिका रहेको चलचित्र ‘घनचक्कर’ असारको १० गतेबाट रिलिज हुन लागेको हो । भट्ट एण्ड सन्स प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका छन् ।

हरि भट्ट सूर्यनाथको प्रस्तुति रहेको यो चलचित्रलाई कमेडी जनरामा निर्माण गरिएको छ । चलचित्रमा करुना अर्याल र संगम भट्टको लगानी छ । यो चलचित्रमा अनुपम द्धिवेदी, अनुप जंग खड्का र सन्तोष सेढाई सह–निर्माताको रुपमा छन् भने सरोज खनाल, कस्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मा, इश्वरी खड्का, कृष्णभक्त महर्जन लगायतका कलाकारको पनि अभिनय छ ।

सुसन प्रजापतिको छायांकन रहेको चलचित्रमा अर्जुन सिंहको कथा, काजी लिम्बुको पटकथा तथा संवाद, अष्ट महर्जनको एक्सन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य, देव कोइमी र बिजेन श्रेष्ठको संगीत, मित्र डी गुरुङको सम्पादन छ । चलचित्रलाई सुनिल मानन्धरले वितरण गर्दैछन् ।

चलचित्रको फस्टलुकमा सलोन र सौगातविचको लडाई देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *