‘भूल भूलैयाँ २’ बन्यो कार्तिकको बम्पर ओपनिङ गर्ने फिल्म

७ जेठ २०७९ ११:४३

नायक कार्तिक आर्यनको स्टारडम बक्स अफिसमा चम्कदा ‘भूल भूलैयाँ २’ले बक्स अफिसमा २ अंकको ओपनिङ गरेको छ ।

शुक्रबारदेखि रिलिजमा आएको यो चलचित्रले समीक्षकको प्रतिक्रिया समेत उत्कृष्ट पाएको छ । यसैले, शुक्रबार यो चलचित्रले १४.११ करोडको व्यापार गरेको हो । यसअघि कार्तिकको चलचित्र ‘लभ आजकल २’ले १२ करोडको ओपनिङ गरेको थियो ।

कमेडी र हरर कथामा निर्माण भएको यो चलचित्रमा कार्तिक आर्यन र कियारा आडवाणीको मुख्य भूमिका छ । चलचित्रलाई दर्शकले रुचाएपछि शनिबार पनि यो चलचित्रले २० करोड माथिको कमाई गर्ने अपेक्षा गरिएको छ ।

साउथको क्रेजका कारण बलिउड चलचित्र संकटमा परेको भन्ने चर्चा चलिरहँदा यो चलचित्रले सुखद कारोबार गरेको हो । योसँगै कार्तिकको माग बलिउडमा बढ्ने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *