रेनुको मतले एमालेलाई झट्का, २ हजार माथिको लिड

४ जेठ २०७९ १२:५५

निक्कै चासोको साथ हेरिएको भरतपुर महानगरपालिकाको मेयर पदको मतगणना रोचक मोडमा पुगेको छ । वडा नम्बर १, २, ३ गन्दासम्म माओवादी केन्द्रकी रेनु दाहाल र नेकपा एमालेका विजय सुवेदीको मतान्तरमा उतारचढाव देखिएको थियो । तर, ४ नम्बर वडामा प्रवेश गरेसँगै रेनुले अग्रता लिएकी छिन् । उनले सर्वाधिक राम्रो भेट वडा नम्बर ६ बाट प्राप्त गरिन् ।

अहिले वडा नम्बर ७ र ८ को मतगणना भैरहेको छ । हालसम्म ३० हजार ७ सय ४८ मतगणना गर्दा रेनुले ११ हजार २ सय ८८ मत प्राप्त गरेकी छिन् । उनका प्रतिस्पर्धी विजय सुवेदीले ९ हजार २ सय ३० मत प्राप्त गरेका छन् । रेनुले विजयसँगै २ हजार ५८ मतको अग्रता लिएकी छिन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको ५०३१ मत आएको छ । वडा नम्बर १०, ११ र १२ मा एमालेको पकड धेरै भएको कारण यी वडामा रेनुको मत घट्ने आँकलन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *