अमेरिका उडे थापा परिवार

४ जेठ २०७९ ७:३६

चलचित्र ‘ए मेरो हजुर ४’को नेपालमा सफलतापूर्वक रिलिज गरेर निर्देशक झरना थापा, नायिका सुहाना थापा अमेरिका उडेका छन् । उनीहरु, मंगलबार बेलुकी अमेरिका उडेका हुन् ।

नायिका झरना थापाले अमेरिकामा छोरी सुहाना थापाको पढाई पुरा हुने खुशी साट्न र चलचित्र ‘ए मेरो हजुर ४’को प्रिमियरका लागि उडेको बताएकी छिन् ।

झरना र सुहाना चलचित्र ‘भागवत् गीता’को छायांकनका लागि केही महिनामै नेपाल फर्किनेछन् । साउनबाट यो चलचित्रको छायांकन सुरु हुने बताइएको छ ।

यो चलचित्रको अमेरिका अधिकार मंगलबारमात्र बिक्री भएको थियो । यस्तै, चलचित्र ‘भागवत् गीता’को पनि अमेरिकाको अधिकार विक्री भैसकेको छ ।

नेपालपछि यो चलचित्रलाई विश्वका विभिन्न देशमा रिलिज गर्ने अभियानमा थापा परिवार लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *