पूजाको देउवालाई समर्थन र युद्ध कनेक्शन

४ जेठ २०७९ ७:१८

नायिका पूजा शर्माले प्रधानमन्त्री शेरबहादुर देउवाको समर्थन गर्दै एउटा स्टाटस पोष्ट गरिन् । देउवा लुम्बिनीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको साथमा बस्दा उनको क्रियाकलापलाई लिएर आलोचित भैरहेका छन् ।

तर, पूजाले भने चुनावको चटारो, भाइको अन्तिम अवस्था आदिका कारण देउवामा उक्त छटपटी भएको भन्दै उनको वचाउ गरिन् । यतिमात्र होइन, यस्तो समयमा विरोध भन्दा पनि मानवीय संवेदनालाई ख्याल गर्न उनको आग्रह थियो ।

पूजाले देउवाको एकाएक समर्थन गरेपछि धेरैले आश्चर्य त मान्ने नै भए । तर, यसको पछाडि उनका प्रेमी युद्ध बाँनियाको कनेक्शन छ ।

युद्धका काका इन्द्र बानिँया मकवानपुरका प्रभावशाली कांग्रेसका नेता हुन् । युद्धसँग जोडिएपछि पूजा नेपाली कांग्रेसको विचारधारातिर ढल्किएकी छिन् । उनले, प्रधानमन्त्रीको समर्थनमा स्टाटस लेख्नुको कारण पनि यही नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *