छायांकन सुरु नहुँदै ‘भागवत गीता’ अमेरिकामा महंगो मुल्यमा बिक्यो

३ जेठ २०७९ ११:०८

निर्माता सुनिल कुमार थापा, निर्देशक झरना थापा र नायिका सुहाना थापामाथिको विश्वास र उनीहरुले बनाएको ब्रान्डका कारण छायांकन नै सुरु नभएको चलचित्र ‘भागवत् गीता’को अमेरिका राइट्स विक्री भएको छ ।

मुल्य नखुलाइए पनि चलचित्रलाई नमस्ते इन्टरटेनमेन्टले महंगो मुल्यमा चलचित्रको अधिकार किनेको निर्माता थापाले जानकारी दिए । अमेरिकाका अमृत राई, खेम गुरुङ र जंग राइको टिमले चलचित्रको अधिकार किनेको हो ।

चलचित्रको एक झलक पनि सार्वजनिक नहुँदै अधिकार विक्री हुँदा आफूहरु उत्साहित भएको निर्माता थापाको भनाई छ । यो चलचित्रको टिजरको भने छायांकन भैसकेको छ । टिजरमा चलचित्रकी मुख्य नायिका सुहाना थापा देखिनेछिन् । यो चलचित्रको छायांकन साउनबाट सुरु हुनेछ । चलचित्रको नायक फाइनल भैसकेपनि सार्वजनिक गरिएको छैन ।

नमस्ते इन्टरटेनमेन्टले नै झरना थापाको निर्देशनमा बनेको चलचित्र ‘ए मेरो हजुर ४’को अमेरिका प्रदर्शनको अधिकार समेत किनेको छ । चाडै अमेरिकाबाट चलचित्रको प्रदर्शन सुरु गरिने नमस्तेको भनाई छ ।

वैशाख १ गतेबाट रिलिज भएको यो चलचित्रले बक्स अफिसमा सुखद कमाई गर्यो । विदेशी चलचित्रको दबदबाबिच पनि यो चलचित्रले बक्स अफिसमा सुखद कमाई गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *