काठमाडौं महानगरपालिकाको जुन वडाको बाकस खोले पनि स्वतन्त्र उम्मेदवार बालेन शाह नै अगाडि देखिएपछि अन्य दलका उम्मेदवारहरुलाई चिन्ता हुन थालेको छ ।
काठमाडौंको भित्री वडामा प्रवेश गरेपछि बालेन पछि पर्ने अड्कल उनीहरुको थियो । तर, जुन वडाको गणना गर्दा पनि बालेन नै अगाडि देखिएपछि अन्य दललाई चिन्ता देखिएको हो ।
पछिल्लो मतगणना अनुसार स्वतन्त्र उम्मेदवार बालेन शाह ११४३४ मत प्राप्त गर्दै अगाडि छन् । उनलाई नेकपा एमालेका केशव स्थापितले पछ्याइरहेका छन् । केशवको ६२५८ मत छ । तेश्रो स्थानमा रहेकी सृजना सिंहको ५४०८ मत छ ।
बालेन स्थापित भन्दा करिब ५२ सय मतले अगाडि छन् । भर्खरै सुरु भएको वडा नम्बर ३० को मगतणनामा पनि बालेन ११४ मतका साथ अगाडि छन् । केशवले ४८ र श्रृजनाले ३४ मत प्राप्त गरेका छन् ।