६ वटा वडाको मतगणना सकिदा रेनु १७१२ मतले अगाडि

३ जेठ २०७९ ९:११

भरतपुर महानगरपालिको ६ वटा वडाको मतगणना सकिएको छ । ६ वटा वडाको मतगणना सकिदा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १७१२ मतले लिड गरेकी छिन् ।

२७ हजार ४ सय ३८ मत गणना हुँदा रेनुले ९ हजार ९ सय ७० मत प्राप्त गरेकी छिन् । यस्तै, उनका प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ८ हजार २ सय ५८ मत प्राप्त गरेका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ३ सय १५ मत प्राप्त गरेका छन् ।

६ नम्बर वडामा ५ बर्ष अगाडिको स्थानीय निर्वाचनमा भन्दा यसपटक रेनुको भोट बढी आएको छ । जसलेगर्दा, उनी र विजयविचको अन्तर पनि बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *