स्थानीय चुनावको रौनकले हलमा छैनन् दर्शक

३ जेठ २०७९ ८:१७

स्थानीय निर्वाचनका कारण सिनेमा हलमा भने दर्शकको अभाव देखिएको छ । हलिउड चलचित्र ‘डक्टर स्ट्रेन्ज’को इनिसियल व्यापारपछि दर्शकको खडेरी नै हलमा देखिएको छ ।

वैशाख १ गते रिलिज भएका ‘ए मेरो हजुर ४ र केजीएफ २’ले बक्स अफिसमा उछाल कायम गरेका थिए । तर, त्यसपछि रिलिज भएका फिल्ममा दर्शकको कुनै उछाल देखिएन । नेपाली र विदेशी चलचित्रले नै दर्शकको अभाव झेलिरहेका छन् ।

‘मन्त्री, हिरोपन्थी, रनवे ३४, लक्का जवान’ लगायतका फिल्ममा दर्शकको कुनै उपस्थिती नै देखिएन । कार्मको मुख्य भूमिका रहेको फिल्म ‘षट्कोण’ पनि खाली भयो ।

स्थानीय निर्वाचनपछि त हलमा दर्शकको उपस्थिती झनै कमजोर देखिएको छ । अब, प्रदर्शकहरुलाई जेठको १३ गतेबाट रिलिज हुन लागेको नेपाली फिल्म ‘कबड्डी ४’ले दर्शक तान्ने आशा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *