बालेनलाई पछ्याउँदै श्रृजना र स्थापित

३१ वैशाख २०७९ ७:३२

काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । अहिलेसम्म बालेनले १५७ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितले १०९ मत ल्याएका छन्। तेस्रो स्थानकी सिर्जना सिंहले ९७ मत पाएकी छिन्।

काठमाडौंको एउटै मत गन्नका लागि २० मिनेटसम्म लाग्ने गरेको छ । जसकाकारण, मतगणना निक्कै ढिलो भैरहेको छ । अहिले वडा नम्बर १ र ३२ को मतगणना भैरहेको छ ।

जसमध्ये ३२ मा बालेनको प्रभाव बलियो देखिएको छ । वडा नम्बर १ मा भने श्रृजना र बालेनको कडा प्रतिस्पर्धा देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *