सर्वाधिक चासोको रुपमा हेरिएको काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । सुरुवाती मतगणनामा स्वतन्त्र उम्मेदवार र्यापर बालेन शाह अगाडि देखिएका छन् ।
पछिल्लो मतगणना अनुसार उनले ५७ मत प्राप्त गर्दा उनलाई पछ्याइरहेकी नेपाली कांग्र्रेसकी उम्मेदवार श्रृजना सिंहले ४४ मत पाएकी छिन् । उनी, बालेन भन्दा १३ मतले पछि छिन् । नेकपा एमालेका केशव स्थापीत ४२ मत ल्याएर तेश्रो स्थानमा छन् । राप्रपामा उम्मेदवार मदनदास श्रेष्ठले ९ मत ल्याएका छन् ।
काठमाडौंको एउटै मत गन्नका लागि २० मिनेटसम्म लाग्ने गरेको छ । जसकाकारण, मतगणना निक्कै ढिलो भैरहेको छ ।