‘ए मेरो हजुर ४’को क्रेज उस्तै

२६ वैशाख २०७९ ३:५९

वैशाख १ गतेबाट रिलिज भएको नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ले मल्टिप्लेक्समा अझै पनि दर्शकको साथ पाइरहेको छ । रिलिजको सुरुवाती हप्ता साउथको डब चलचित्र ‘केजीएफ २’को असर यसलाई परेपनि त्यसपछि भने यो चलचित्र आफ्नै गतीमा अगाडि बढिरहेको छ । यसैले, चलचित्रलाई रिलिजको २६ औं दिनमा पनि मल्टिप्लेक्सले राम्रै शोज दिइरहेका छन् ।

शुक्रबार क्यूएफक्स चेनले यो चलचित्रलाई हटाएको थियो । तर, आइतबारदेखि यो चलचित्र फेरि हलमा फर्किएको छ । नयाँ रिलिज चलचित्रले दर्शकको अपेक्षा पुरा गर्न नसकेपछि मल्टिप्लेक्समा फेरि नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ फर्किएको हो ।

निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाले पनि २५ औं दिनसम्म आइपुग्दा पनि दर्शकको माया र साथ उस्तै पाएको भन्दै आइतबार सामाजिक संजालमा स्टाटस पोष्ट गरेका थिए ।

अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्रले बक्स अफिसमा ६ करोडको ग्रस कलेक्शन गरेको छ । चलचित्रले नेपालबाट नै लगानी उठाइसकेको निर्माणपक्षले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *