‘सिल्ली फो’को डबिङ सकियो, असार ३१ बाट रिलिज हुने

२६ वैशाख २०७९ ३:५१

असार ३१ गतेबाट देशभरका हलमा रिलिज हुन लागेको चलचित्र ‘सिल्ली फो’को डबिङ सकिएको निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रको केही दिन अगाडि पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति पनि तय गरिएको थियो ।

यो चलचित्रमा केकी अधिकारी, धिरेन शाक्य, रविन्द्र झा, राजाराम पौडेले, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाँई, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल, अनिता श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । मनोज डीकेको लगानीमा बनेको चलचित्रमा विशाल श्रेष्ठ सह–निर्माता छन् ।

यो चलचित्रमा दिव्य सुवेदी, विरेन्द्र परियार, नरेन्द्र आलेको छायांकन, देव महर्जनको एक्सन, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा किम्भेको सम्पादन छ ।

चलचित्रलाई कमेडी कथामा निर्माण गरिएको छ । राजबहादुर सानेको निर्देशनमा यो चलचित्र तयार भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *