रेड हट उषालाई मोटोपनको चिन्ता

२३ वैशाख २०७९ १३:३७

मोडल उषा उप्रेती २ बर्ष लामो आफ्नो म्युजिक भिडियोको करिअरमा सफल भैरहेकी छिन् । तर, म्युजिक भिडियोको निर्माण कम हुँदै गएपछि उनलाई पनि समस्या हुन थालेको छ । महिनामा अहिले थोरै मात्र भिडियोको छायांकन हुँदा उषाको व्यस्तता पनि पहिलेको जस्तो छैन ।

उनै, उषा अब आफूले फिल्म क्षेत्रमा पनि पाइला चाल्न खोजेको बताउँछिन् । तर, फिल्म खेल्नका लागि नहतारिने उनको भनाई छ । उषाले चलचित्रका लागि कुरा भएपनि कुनै पनि प्रोजेक्टमा फाइनल नभएको बताइन् ।

माइकल चन्दको निर्देशनमा तयार भएको ‘स्त्री जातैले’ बोलको गीतको प्रचारमा व्यस्त उषा रातो पहिरनमा हट देखिइन् । उषालाई पछिल्लो समय पिरलो भनेको मोटोपनले पनि हो । आफू धेरै खानेकुरा खाने भएकाले पनि मोटाएको उनको तर्क छ । तर, अब दुब्लाउने उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *