अकेशाको जीवनमा उदाएका ब्यास

२३ वैशाख २०७९ १२:५३

जेठको ६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लाइफ इन एलए’को नयाँ गीत आज रिलिज भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा ‘उदाएर आयो तिमी’ बोलको गीत रिलिज गरिएको हो । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु ब्यास विशु र अकेशा बिष्टलाई फिचरिङ गरिएको छ ।

प्रविशा अधिकारी र प्रताप दासको स्वर रहेको गीतमा प्रतिक पौडेलको संगीत छ । गीत रिलिज कार्यक्रममा चलचित्रका मुख्य कलाकारहरु शिल्पा मास्के, निलम चन्द, लोकेन्द्र लेखक, एसोसियट निर्देशक दीपक वली लगायतको उपस्थिती थियो ।

त्रिकोणात्मक प्रेमकथामा यो चलचित्र निर्माण गरिएको छ । ब्यास इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको चलचित्रमा ब्यास बिसुको लगानी छ । संसार सुवेदी कार्यकारी निर्माता रहेको चलचित्रमा अमेरिकाका लागि निर्माता राजेन्द्र ठकुरी छन् ।

भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको चलचित्रमा कविराज गहतराज र सुरज श्रेष्ठको कोरियोग्राफी छ । यो चलचित्रको अमेरिकाको विभिन्न राज्यमा प्रदर्शन भैसकेको छ । दर्शकले अमेरिकामा राम्रो साथ दिएकाले पनि नेपाली दर्शकले मन पराउने निर्माताको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *