वर्षाले खुलाइन् गोप्य बिहेको कारण

२३ वैशाख २०७९ ११:५२

नायिका वर्षा सिवाकोटीले वैवाहिक जीवनमा बाँधिदै गर्दा उनको अभिनय रहेको चलचित्र ‘लक्क जवान’को टिम भने प्रचारमा व्यस्त थियो । वर्षाले गोप्य रुपमा बिहे गर्दा यसको टिम देश दौडाहामा थियो । यसैले, वर्षा चलचित्रको प्रचारमा सहभागी हुन पाइनन् ।

तर, शुक्रबार रिलिज भएको चलचित्रको विशेष शोमा भने वर्षा उपस्थित भइन् । सारी र सिन्दुरमा सजिएकी वर्षाले बिहे हतारमा भएको बताइन् । भनिन्–‘परिवारको तर्फबाट प्रस्ताव आएपछि एकाएक बिहेको निर्णय भयो । यसैले, हामीले कम मानिसहरुलाई मात्र बोलाएर बिहे गर्ने सोच बनायौं । चलचित्र क्षेत्र ठूलो भएकाले पनि सबैलाई समेट्न सकिनँ ।’

वर्षाले गोप्य बिहेको अन्य कुनै कारण नभएपनि कम मानिसहरुको उपस्थितीमा मात्र बिहे गर्ने योजना बनाएको बताइन् ।

अमेरिकामा रहँदै आएका आशिष गेलालसँग बिहे गरेकी वर्षाले आफूहरुको लभ म्यारिज नभएको बताइन् । भनिन्–‘हाम्रो एरेन्ज म्यारिज नै हो । बिहेपछि पनि लभ गर्ने समय नै भएन ।’ आशिष बिहेको ४ दिनमै अमेरिका फर्किएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *