‘के घर के डेरा’को शुभसाइतमा विपिन एक्लै, कहाँ गइन् वर्षा ?

२३ वैशाख २०७९ १०:४६

जेठको २ गतेबाट छायांकन सुरु गर्न लागेको चलचित्र ‘के घर के डेरा’को आज शुभसाइत गरिएको छ । स्वयंम्भुस्थित हारती माता मन्दिरमा यो चलचित्रको शुभसाइत गरिएको हो । शुभसाइतसँगै केही दृश्यको छायांकन पनि गरिएको छ । बाँकी छायांकन जेठको २ गतेबाट सुरु गरिने निर्माणपक्षले बताएको छ ।

३० दिनमा यो चलचित्रको छायांकन सकिने निर्माणपक्षले जानकारी दिएको छ । काठमाडौंमा नै चलचित्रको सम्पूर्ण छायांकन गरिनेछ । यो चलचित्रबाट पनि दर्शकले केही नयाँ खुराक पाउने खनालले जानकारी दिए । ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यो चलचित्रका कार्यकारी निर्माता यूवराज कार्की हुन् । चलचित्रमा शरद श्रेष्ठ, राजीव श्रेष्ठ, किरण महर्जनको लगानी रहनेछ ।

चलचित्रमा सिंगे लामाको कथा, महेश दवाडीको पटकथा तथा संवाद छ । चलचित्रमा विपिन कार्की, दयाहाङ राई, वर्षा राउत, सुरक्षा पन्त लगायतको अभिनय रहनेछ । शुभसाइत समारोहमा निर्देशक खनालसँग दोश्रो पटक सहकार्य गर्न पाउँदा खुशी लागेको बताउँदै नायक विपिन कार्कीले आफ्नो जीवन र चलचित्रको कथा मिल्दोजुल्दो रहेको सुनाए ।

चलचित्रमा दिर्घ गुरुङको छायांकन, शंकर थापाको संगीत, दिर्घ खड्काको सम्पादन रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *