उषा र प्रियनाको जवानीले पुष्प र सुधिरको मन बिगारेपछि

२२ वैशाख २०७९ ५:२०

डिस्कोमा मस्त २ यूवा २ यूवती देखेपछि मदहोस भएको कथामा निर्देशक माइकल चन्दले भिडियो तयार पारेका छन् । ‘मन विगार्यो स्त्री जातैले’ बोलको गीतलाई माइकलले डान्सिङ शैलीमा उतारेका छन् । गीतकार डीआर उपाध्यायको शब्दमा तयार भएको गीतको भिडियोमा प्रताप दास र रचना रिमालको स्वर, बाबुल गिरीको संगीत छ ।

गीतको भिडियोमा पुष्प खड्का, सुधिर श्रेष्ठ, उषा उप्रेती, प्रियाना आचार्यको डान्स हेर्न सकिन्छ । दुई हट सुन्दरीको अगाडि मदिराले मात्तिएका २ पुरुषले स्त्री जातैले मन विगारेको कुरा गरेको गीतमा सुन्न सकिन्छ । माइकल चन्दले भिडियोलाई आकर्षक बनाएका छन् । भिडियोमा उत्सव दाहालको छायांकन, शिलन लम्सालको सम्पादन छ ।

विश्व रेकर्डधारी गीतकार उपाध्यायको यो गीत रोमान्टिक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *