सुहाना थापाः जसले बाहिरी मेकरलाई विश्वास नै गरिनन्

२१ वैशाख २०७९ १०:०५

नायिका सुहाना थापाको मुख्य भूमिका रहने तेश्रो चलचित्र ‘भागवत गीता’को टिजरको छायांकन मंगलबार भयो । मंगलबार सुहानालाई मात्र देखाएर चलचित्रको टिजर खिचियो । टिजरमा चलचित्रको प्रदर्शन मिति पनि सार्वजनिक गरिनेछ । यसपछि, साउनको २० गतेबाट यो चलचित्रको छायांकन सुरु हुनेछ ।

‘ए मेरो हजुर ३ र ४’मा काम गरेपछि सुहानाको माग नेपाली चलचित्रमा बढ्दो छ । सुहानालाई लिएर चलचित्र बनाउन मेकरहरु लालयित पनि छन् ।

तर, सुहानाले लगातार तेश्रो चलचित्रमा आइपुग्दासम्म बाहिरी मेकरलाई विश्वास गरेकी छैनन् । उनले, आफ्नी आमा झरना थापा र पिता सुनिलकुमार थापाको छत्रछाया भन्दा बाहिरको चलचित्रमा काम गर्ने मन नै बनाएकी छैनन् । सुहाना बारम्बार आफू घरको चलचित्रबाट बलियो भएर मात्र बाहिरी चलचित्रमा काम गर्ने बताउँछिन् ।

तर, सुहानाले बाहिरी मेकरलाई विश्वास नगर्दा उनले घर बाहिरको चलचित्रमा काम नै नगर्ने हुन् कि भन्ने सन्देश गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *