आर्शिवाद गर्दैछन् ‘नाई नभन्नु ल ६’मा आँचलसँग रोमान्स

२१ वैशाख २०७९ ९:५६

निर्देशक विकासराज आचार्यले निर्देशन गर्न लागेको बहुप्रतिक्षित चलचित्र ‘नाई नभन्नु ल ६’का लागि नयाँ नायक फाइनल भएको वुझिएको छ । यो चलचित्रका लागि विकासले आर्शिवाद क्षेत्रीलाई फाइनल गरेका हुन् । यो चलचित्रबाट डेब्यू गर्नकै लागि आर्शिवादले लामो समयदेखि जीममा शरीर बनाइरहेका छन् ।

सामाजिक संजालमा उनले पोष्ट गरेका तस्वीरले पनि उनको मिहिनेत झल्किन्छ । यस्तै, उनी मार्सल आर्ट लगायतको तालिम समेत लिइरहेका छन् । विकासले भने आर्शिवादलाई गोप्य राखेका थिए ।

यो चलचित्रमा आर्शिवादले नायिका आँचल शर्मासँग रोमान्स गर्नेछन् । आँचल ‘नाई नभन्नु ल ४’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका हुन् । आँचल आजको दिनमा नेपाली चलचित्र क्षेत्रमा व्यस्त छिन् । विकासराज आचार्य र सामिप्यराज तिमिल्सिनाले यो चलचित्रको कथा लेखिरहेका छन् । चलचित्रको छायांकन केही महिनामै सुरु गर्ने विकासको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *