इदको बिदा ‘केजीएफ २’ले लुट्दा बलिउड फिल्ममा आएनन् दर्शक

२१ वैशाख २०७९ ५:५७

साउथको चलचित्र ‘केजीएफ २’ले बक्स अफिसमा तेश्रो साता पनि बम्पर कमाई गरिरहेको छ । तेश्रो साताको मंगलबार इदको बिदाको फाइदा लिदै यो चलचित्रले ९.५७ करोडको व्यापार गर्यो । योसँगै तेश्रो सातामा यो चलचित्रले ३८२.९० करोडको कमाई गरेको छ । चलचित्र अब चाडै नै ४ सय करोडको आँकडामा पुग्ने विश्लेषण गरिएको छ ।

बलिउडकर्मीहरु इदको बिदालाई विशेष रुपमा लिने गर्छन् । तर, नायक सलमान खानको चलचित्र नआउँदा अन्य स्टारका चलचित्रले इदमा खासै गतिलो व्यापार गर्न सकेनन् । यो बर्ष इदमा नायक टाइगर श्राफ र नायिका तारा सुतरियाको चलचित्र ‘हिरोपन्थी २’ रिलिज भएको थियो ।

यो चलचित्रले इदको बिदामा पनि कुनै फाइदा लिन सकेन । यस्तै, अजय देवगणको निर्देशनमा बनेको चलचित्र ‘रन वे ३४’ले वर्ड अफ माउथ दरिलो पाएपनि बक्स अफिसमा चमत्कार गर्न सकेन । दुबै चलचित्र बक्स अफिसमा नराम्रोसँग पछारिएका छन् ।

यी दुई चलचित्र पहिलो सातामा नै दर्शकबाट बहिष्कृत हुँदा साउथको चलचित्रले तेश्रो सातामा पनि बम्पर कमाई गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *