‘मेट गाला’मा किमको ३६ करोडको ड्रेस

२० वैशाख २०७९ ९:३९

हलिउडको चर्चित फेसन शो ‘मेट गाला–२०२०’ न्यूयोर्कमा आयोजना भएको छ । जहाँ, हलिउडका चर्चित सुन्दरीहरुले रेड कार्पेटमा आफ्नो उपस्थिती जनाएका छन् । जहाँ, केटी पेरी, किम कार्दशियन, डकोटा जोनसन, गीगी हदीद लगायतका चर्चित सेलिब्रिटीहरु उपस्थित थिए ।

उनीहरुले फेसन शोमा लगाएको पहिरनको चर्चा भने सर्वाधिक धेरै हुने गर्दछ । किमले यो शोमा सहभागी हुनका लागि ३६ करोड भारतीय रुपैयाँको पहिरन लगाएकी थिइन् । यो पहिरन लगाउनका लागि उनले २१ दिनमा ७ केजी तौल घटाएकी थिइन् । उनी, फेसन शोमा आफ्ना प्रेमी पीट डेविडसनसँग पुगेकी थिइन् ।

किम सधै नै आफ्नो पहिरनको कारण नै चर्चामा रहन्छिन् । यसपटक पनि उनको पहिरनले नै विश्वको चर्चित फेसन शोमा चर्चा पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *