‘एउटा सपना छ’को लेजेन्डरी भर्सनमा मदनकृष्णकी नातिनी आँचल

२० वैशाख २०७९ ९:२७

गीतकार तथा संगीतकार पुष्पन प्रधानले आफ्नो चर्चित गीत ‘एउटा सपना छ’को लेजेन्डरी भर्सन पनि सार्वजनिक गरेका छन् । यो गीतको पुरुष र महिला भर्सन सुपरहिट भैसकेको छ । क्रियटिभ ह्याट्सले तयार पारेको यो गीतमा कलाकार तथा गायक मनदकृष्ण श्रेष्ठको स्वर छ ।

गीतको भिडियोमा मदनकृष्ण र नायिका आँचल शर्माले अभिनय गरेका छन् । जहाँ, आँचल मदनकृष्णकी नातिनीको भूमिकामा देखिएकी छिन् । बिरामीका कारण सबै कुरा विर्सिएका आफ्ना हजुरबुबालाई भेट्न गाउँ फर्किएकी नातिनी र हजुरबुबाको कथामा यो गीतको भिडियो तयार पारिएको छ ।

सराना श्रेष्ठको कथा र निर्देशनमा तयार भएको भिडियोमा हरि हुमागाँइको छायांक र सम्पादन छ । भिडियो हेरेर नायिका आँचल शर्मा रोएकी थिइन् । गायक तथा कलाकार मदनकृष्ण श्रेष्ठको ७२ औं जन्मदिनको अवसर पारेर यो गीत सार्वजनिक गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *