आँचलले सुटिङमा टोकेरै बनाइन् ओठमा घाउ

२० वैशाख २०७९ ९:१८

नायिका आँचल शर्माले कलाकार मदनकृष्ण श्रेष्ठको नातिनी भएर काम गरेको ‘एउटा सपना छ’ बोलको गीतको भिडियो आज सार्वजनिक गरिएको छ । पुष्पन प्रधानको शब्द तथा संगीतमा तयार भएको यो गीतको पुरुष र महिला भर्सन सार्वजनिक भएको छ । आज मदनकृष्ण श्रेष्ठको स्वरमा लिजेन्डरी भर्सन सार्वजनिक गरिएको हो ।

गीतमा आँचलले मदनकृष्णको नातिनीको भूमिकामा काम गरेकी छिन् । जहाँ, आँचलको ओठमा घाउ समेत देखिन्छ । आँचलले भनिन्–‘भूमिका नातिनीको भएपछि धेरै कुरा ख्याल गर्नुपर्ने रहेछ । मैले क्यारेक्टर प्रमाणित गर्न हरेक कुरामा ध्यान दिनुपर्छ । यसैले, मैले सुटिङमै टोकी टोकी घाउ बनाएकी हुँ । मलाई नङ पनि पाल्नु हुँदैन भन्नेमा ध्यान गएको भए म काट्थेँ होला ।’

मदनकृष्ण श्रेष्ठको ७२ औं जन्मदिनको अवसरमा गीत सार्वजनिक गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *