भूवन, स्वेता र रविन्द्रले रोजे कांग्रेस पार्टी, भन्छन्–‘पदको बार्गेनिङ होइन’

२० वैशाख २०७९ ८:४८

नेपाली चलचित्रका सुपरस्टार नायक भूवन केसी नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । उनी आज बिहान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हातबाट टिका लगाएर पार्टी प्रवेश गरेका हुन् । भूवनसँगै नायिका स्वेता खड्का र चलचित्र कलाकार संघका अध्यक्ष एवं कलाकार रविन्द्र खड्का पनि पार्टी प्रवेश गरेका छन् । उनीहरुलाई सभापति देउवाले पार्टीको सदस्यता प्रदान गरे ।

भूवन यसअगाडि राप्रपा प्रवेश गर्ने चर्चा पनि थियो । तर, भूवनले नेपाली कांग्रेस पार्टी रोजेका हुन् । पार्टी प्रवेश गर्दै भूवनले भने–‘यो कुनै पदको बार्गेनिङ होइन । मैले, नेपाली कला, संकृतीको जगेर्ना र विकासका लागि नेपाली कांग्रेस रोजेको हुँ ।’

कांग्रेसले नेपाली चलचित्र र मनोरञ्जन क्षेत्रलाई समेट्ने देखेर आफूले यही पार्टी रोजेको भूवनले बताए ।

नायक भूवन केसीलाई संविधान सभाको निर्वाचनमा नेकपा एमालले काठमाडौंको क्षेत्र नम्बर १ बाट टिकट दिएको भोलीपल्टै खोसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *