आर्यन सिग्देलः पहिले डिमाण्डेड, अहिले फुर्सदिला

२० वैशाख २०७९ ४:३९

नायक आर्यन सिग्देलले आफू अभिनित एक गीतको भिडियो रिलिज कार्यक्रममा आफूलाई फुर्सदिलो नायक बताए । आफू पहिले पनि फुर्सदिलो नै रहेको र अहिले पनि फुर्सदिलो नै भएको उनको तर्क थियो । आर्यनले आफूलाई यसमै खुशी लाग्ने तर्क समेत गर्न भ्याएछन् ।

तर, आर्यन सिग्देलले भने जस्तो उनी पहिले फुर्सदिलो थिएनन् । उनी, एक दशक अगाडि डिमाण्डेड थिए । अत्याधिक माग भएपनि उनले बर्षमा २ वटा चलचित्रमा मात्र काम गर्थे । उनले चलचित्र धेरै छाड्थे र कम गर्थे । तर, अहिले आर्यनलाई चलचित्रको अफर नै कम आउँछन् । उनको अहिले माग पनि कम भएको छ ।

आर्यनले विराज भट्ट, निखिल उप्रेती जस्ता नायकले दिनमै २ वटा चलचित्रमा काम गर्दा पनि आफूले बर्षमा २ वटा मात्र चलचित्रमा काम गरेको बताए । तर, उनले यसो भनिरहँदा चलेको समयमा आर्यनले नचाहेरै कम चलचित्रमा काम गरेका थिए । अहिले परिस्थिती फेरिएको छ । आर्यन काम चाहन्छन् । तर, दर्शक उनको विकल्पमा नयाँ नायकसँग रमाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *