हिरो गोप्य राख्दै ‘भागवत गीता’को टिजरको छायांकन

२० वैशाख २०७९ ४:२६

निर्माता सुनिल कुमार थापाले चलचित्र ‘भागवत गीता’को टिजरको छायांकन गरेका छन् । यो नयाँ चलचित्रको टिजरको छायांकन जनकपुर मन्दिरमा भैरहेको छ । आज दिनभरमा टिजरको छायांकन सकिने सुनिलले हाम्रो सिनेमालाई जानकारी दिएका छन् ।

चलचित्रको टिजरमा नायिका सुहाना थापा मात्र देखिनेछिन् । चलचित्रको नायक पक्का भएपनि टिजरमा उनलाई नराखिने सुनिलले बताए । उनले भने–‘हामीले टिजरमा सुहानालाई मात्र देखाउनेछौं । नायक भने गोप्य नै राख्नेछौं । टिजर रिलिज गर्दै यसको प्रदर्शन मिति पनि घोषणा गरिनेछ ।’

सुनिलका अनुसार साउनको २० गतेबाट चलचित्रको छायांकन सुरु गरिनेछ । झरना थापाले निर्देशन गर्ने चलचित्रलाई लभ स्टोरी कथामा नै निर्माण गर्ने सुनिलले बताए ।

चलचित्र ‘ए मेरो हजुर ४’ ले सुखद व्यापार गरेपछि सुनिल र झरना नयाँ चलचित्रको तयारीमा लागेका हुन् । तर, यसपटक भने उनीहरुले टिजरको छायांकन पहिले गरेर पुरा चलचित्र पछि खिच्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *