बक्स अफिसमा किन दयनिय बन्यो सौगातको ‘मन्त्र’ ?

१९ वैशाख २०७९ ७:०९

हामीले हाम्रो सिनेमामा नेपाली चलचित्र ‘मन्त्र’ रिलिज भएकै दिन, यसको व्यापार कमजोर देखिएको जानकारी दिएका थियौं ।

समीक्षक र चलचित्रकर्मीबाट राम्रो प्रतिक्रिया पाएर पनि चलचित्र ‘मन्त्र’ले बक्स अफिसमा निक्कै दयनिय व्यापार गरेको छ । यो चलचित्रले ३ दिनमा २० लाख आसपासको व्यापार गरेको बताइएको छ । यसरीहेर्दा, यो चलचित्रले नेपालबाट निर्मातालाई १० लाख पनि नदिने देखिएको छ ।

सौगात मल्ल, दिया पुन, वुद्दि तामाङको मुख्य भूमिका रहेको चलचित्रको कमजोर व्यापारसँगै निर्मातालाई भने समस्या पर्ने देखिएको छ । खिलबहादुर गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रले हिमाली प्रेम कथा भन्छ ।
दर्शकले यो चलचित्रमा खासै रुची देखाएनन् । कमजोर प्रचारको शिकार यो चलचित्र बनेको विश्लेषण गर्न सकिन्छ ।

नायक सौगात मल्लको चलचित्र क्षेत्रमा माग धेरै भएपनि उनले दर्शकलाई हलसम्म तान्न सकेका छैनन् । ‘लुट र कबड्डी’को सिरिजलाई छाड्ने हो भने दर्शकले सौगातका चलचित्र नै हेर्न छाडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *