बिहेको एक सातामै श्रीमान् छाडेर अमेरिका उडिन् केकी

१९ वैशाख २०७९ ६:१०

नायिका केकी अधिकारी वैवाहिक जीवनमा बाँधिएको एक सातापछि अमेरिका उडेकी छिन् । अमेरिकामा आयोजना हुन लागेको एक रियालिटी शोको निर्णायक बन्नका लागि केकी अमेरिका उडेकी हुन् । केकीसँग नायिका रीमा विश्वकर्मा पनि अमेरिका उडेकी छिन् ।

केकीलाई विदाई गर्न उनका श्रीमान् रोहित तिवारी त्रिभुवन विमानस्थलमा पुगेका थिए । केकीले रोहितसँग सुटुक्क बिहे गरेकी थिइन् । केकी र रोहितको बिहे ग्रान्डी अपार्टमेन्टमा आयोजना गरिएको थियो । केकीको बिहेमा उनका आफन्त र परिवारका सदस्यलाई मात्र बोलाइएको थियो ।

रोहितसँगको केही बर्ष लामो प्रेम सम्बन्धलाई केकीले वैवाहिक जीवनमा परिणत गरेकी हुन् । केकी केही साता अमेरिका बस्नेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *