प्रेमी युद्धसँग पूजाको जन्मदिन सेलिव्रेशन

१८ वैशाख २०७९ १४:११

नायिका पूजा शर्माले शनिबार आफ्नो जन्मदिन मनाइन् । जन्मदिन मनाउने क्रममा पूजाले आफ्ना फ्यानसँग विशेष रुपमा सेलिव्रेशन गरिन् । मिडियालाई समेत निम्तो दिएर पूजाले फ्यानसँग जन्मदिन मनाएकी थिइन् । तर, पूजाले शनिबार राती भने आफ्ना नजिकका साथीहरुसँग जन्मदिन सेलिव्रेशन गरेकी थिइन् । पूजाको सेलिव्रेशनको विशेष हाइलाइट उनका प्रेमी युद्ध बाँनिया बन्न पुगे ।

क्लब फरेनहाइटमा उनीहरुले जन्मदिन सेलिव्रेशन गरेका थिए । क्लबको आधिकारीक फेसबुक पेजमा सार्वजनिक गरिएको तस्वीरमा पूजा र युद्ध मस्ती मुडमा देखिएका थिए । एक अर्कालाई केक ख्वाउँदै उनीहरुले एक अर्काको गालामा चुम्बन समेत गरे ।

चलचित्र ‘म यस्तो गीत गाउँछु २’ रिलिज भैसकेपछि पूजाले सामाजिक संजालबाट आधिकारीक रुपमा युद्धसँगको प्रेम सार्वजनिक गरेकी थिइन् । त्यसपछि भने उनी र युद्धले सार्वजनिक रुपमा तस्वीरहरु शेयर गर्न थालेका हुन् । तर, युद्धले पूजासँग मिडियामा आएर कुराकानी भने गरेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *