बालेनलाई जिताउन खुलेरै लागेकी छिन् स्वस्तिमा

१८ वैशाख २०७९ १२:०८

नायिका स्वस्तिमा खड्कालाई राजनीतिको गरमागरमले पनि खुबै छोएको छ । यसपटक काठमाडौं महनागरपालिकाको मेयर पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका र्यापर बालेन शाहका लागि उनी खुलेरै भोट मागिरहेकी छिन् । बालेनले स्वतन्त्र रुपमा उम्मेदवारी दिने बताएसँगै स्वस्तिमा र निश्चल बस्नेतले उनको समर्थनमा सामाजिक संजालबाट खुलेरै भोट मागिरहेका छन् ।

बालेनलाई निर्वाचन आयोगले शनिबार मात्र चुनाव चिन्ह ‘लौरो’ दिएको छ । यसपछि त नेपाली मनोरञ्जन क्षेत्रका सेलिब्रिटीहरु खुलेरै उनको पक्षमा देखिएका छन् । स्वस्तिमाले त ‘भोट के मा’ भन्दै ‘लौरो’ नै बोकेर फोटो पोष्ट गरेकी छिन् । उनको यो तरीकालाई उनको फ्यानहरुले खुबै रुचाएका छन् ।

नेपाली कलाकारहरु विभिन्न पार्टीमा आवद्ध भैरहेको समयमा स्वस्तिमाको स्वतन्त्र मेयरका उम्मेदवारका लागि भोट माग्ने तरिका गज्जबकै देखिएको छ । के यसपटक मनोरञ्जन क्षेत्रको पूर्ण समर्थन पाएका बालेनले मेयर पदमा निर्वाचन जित्लान् त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *