नेपालको युट्युब ट्रेन्डिङमा ६ वटा साउथ फिल्म

१८ वैशाख २०७९ ९:५७

नेपालमा साउथका चलचित्र कती प्रतिक्षामा हुन्छन् र दर्शकले कती रुचाउँछन् भन्ने त हलमा चलेका ‘पुष्पा, आरआरआर, केजीएफ २’ले नेपालमा गरेको व्यापारबाट पनि थाहा हुन्छ ।

तर, हलमा मात्र नभएर युट्युबमा पनि साउथका चलचित्रको हालीमुहाली नै छ । नेपालको युट्युब ट्रेन्डिङमा ६ वटा साउथका हिन्दी डब चलचित्र हुनुले पनि यो कुराको पुष्टी गर्छ ।

नेपालको २ नम्बर ट्रेन्डिङमा साउथको हिन्दी डब चलचित्र ‘मधगजा’ छ । एस महेश कुमारले निर्देशन गरेको यो चलचित्रमा श्री मुराली, जगपथी बाबु, अशिका रंगनाथ लगायतको अभिनय छ ।

यस्तै, ९ नम्बर ट्रेन्डिङमा ‘ओडियान’, २३ नम्बर ट्रेन्डिङमा ‘जालीकट्टु’, २४ नम्बर ट्रेन्डिङमा ‘राइडर’, २५ नम्बर ट्रेन्डिङमा ‘भीमानायक’ र ३९ नम्बर ट्रेन्डिङमा ‘मजिली’ नामक चलचित्र छ । साउथका चलचित्रले नेपालमा हलमा मात्र होइन युट्युबमा पनि कब्जा जमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *