साराको आशाको त्यान्द्रो फेरि चुडियो

१८ वैशाख २०७९ ८:२२

नेपाली चलचित्रकी नायिका सारा सिर्पालीको करिअरमा सफलता नलेखेकै हो त ? बल्ल बल्ल केही होला जस्तो हुन्छ, तर फेरि चुडिन्छ । ३ वटा फिल्म लगातार असफल भएपछि हिट चलचित्रको खोजीमा रहेकी सारालाई निर्देशक दिवाकर भट्टराइले आशाको बाटो देखाएका थिए ।

दिवाकरले बनाउन लागेको चलचित्र ‘हनी बनी’मा सारा नायक अनमोल केसीको अपोजिटमा देखिने पक्का भएको थियो । चलचित्रको छायांकनका लागि सारा, अनमोल र चलचित्रको टिम गत साता नै बेलायत उड्नुपर्ने थियो ।

तर, बेलायत उड्नु अगाडि नै नायक अनमोल केसी चलचित्रबाट बाहिरिए । साराको बेलायतका लागि भिसा नै आएन । योसँगै अनमोलसँग चलचित्रमा काम गर्ने साराको आशा पनि चुडिएको छ । अनमोलसँग काम गरेका अधिकांश नायिका बक्स अफिसमा हिट भएका छन् । अनमोलसँग देखिदा चर्चा पनि खुबै हुने गर्दछ । जसलेगर्दा, सारालाई फाइदा हुने निश्चित थियो ।

तर, यो प्रोजेक्टमा काम नगर्ने पक्का भएपछि साराको आशाको त्यान्द्रो फेरि चुडिएको छ । हिट चलचित्रका लागि साराले अझै कती समय कुर्नुपर्ने हो कुन्नी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *