‘हनी बनी’बाट बाहिरिए अनमोल र सारा

१८ वैशाख २०७९ ६:४०

नायक अनमोल केसी र नायिका सारा सिर्पालीले साइन गरिसकेको चलचित्र ‘हनी बनी’मा काम नगर्ने पक्का भएको छ । अनमोल र निर्माण टिमबिच एक महिना अगाडि यो चलचित्रका लागि संझौता भएको थियो । तर, चलचित्रको छायांकन सुरु हुन ढिलाई भैरहेको अवस्थामा अनमोल यो चलचित्रबाट सहमतीमै अलग भएका हुन् । अनमोलसँगै नायिका सारा सिर्पाली पनि चलचित्रबाट अलग भएकी छिन् ।

साराको लण्डनको भिसा नआएपछि उनको ठाउँमा नायिका जसिता गुरुङसँग निर्माण टिमले कुरा गरिरहेको छ । दिवाकर भट्टराइको निर्देशनमा तयार हुन लागेको यो चलचित्रमा आफ्नो भूमिकालाई लिएर अनमोलले असहज महशुश गरेपछि उनी र निर्माणटिम विच काम नगर्ने सहमती भएको हो ।

यसैले, अनमोलले शनिबार मात्र आफ्नो सामाजिक संजालमा ‘अब के त’ भनेर लेखेका थिए । अनमोलले साइन गरेर पनि चलचित्र छाडेको यो पहिलो घटना होइन । अनमोलले यसअगाडि ‘धुपौरे, ब्याचलर बन्टी’ पनि साइन गरेर छाडेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *