विश्व बजारमा ‘आरआरआर’को कमाई हजार करोड

२७ चैत २०७८ १५:४३

एसएस राजमौली निर्देशित फिल्म ‘आरआरआर’ले बक्स अफिसमा एक हजार करोडको आँकडा पार गरेको छ । यो फिल्मले रिलिजको तेश्रो सातामा विश्व बजारबाट एक हजार करोड कमाई गरेको हो । जुनियर एनटीआर, रामचरण, अजय देवगण, आलिया भट्टको मुख्य भूमिका रहेको यो फिल्म ब्लकबस्टर साबित भएको छ ।

राजमौली निर्देशित अघिल्लो चलचित्र ‘बाहुबली’को बिश्व बजारको रेकर्ड यसले तोडेको छ । तर, यो चलचित्रले ‘बाहुबली २’को रेकर्ड तोड्ने संभावना भने देखिएको छैन । चलचित्रले भारतमा हिन्दी भर्सनमा मात्र २ सय करोडको आँकडा पार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *