‘थलापति ६६’मा रश्मीका र विजय

२७ चैत २०७८ १५:३८

दक्षिण भारतीय चलचित्रका सुपरस्टार हुन्, थलापति विजय । उनको वास्तविक नाम जोसफ विजय चन्द्रशेखर भएपनि दर्शकले उनलाई थलापति विजयको रुपमा चिन्छन् । उनै, थलापतिको नामबाट बन्न लागेको नयाँ चलचित्र ‘थलापति ६६’को काम अगाडि बढेको छ ।

यो चलचित्रमा विजयसँगै साउथकी सुपरस्टार नायिका रश्मीका मन्दनाले काम गर्ने पक्का भएको छ । रश्मीका माग पछिल्लो केही बर्षदेखि बलिउडमा पनि ह्वात्तै बढेको छ । साउथको चलचित्र ‘डियर कमरेड’मा काम गरेपछि भने उनी विश्व बजारमा चर्चामा आएकी थिइन् ।

रश्मीकाले विजयसँग काम गर्न पाउँदा आफूलाई छुट्टै महशुश भएको उल्लेख गरेकी छिन् । उनले, विजयसँगै अभिनय गर्न, नाच्न, नजर जुधाउन, बोल्न पाउँदा एकदमै खुशी लागेको पनि लेखेकी छिन् ।

विजयले अभिनय गरेको फिल्म ‘बिष्ट’ बुधबारदेखि विश्व बजारमा रिलिज भएको छ । साउथ बजारमा बिजयको स्टारडम उचाईमा छ । रश्मीका र उनको जोडीले बक्स अफिसमा सुनामी ल्याउने विश्लेषण पनि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *