‘जात्रा’ निर्देशकको ‘महापुरुष’ घोषणा, मह जोडी मुख्य भूमिकामा

२७ चैत २०७८ १५:३०

‘जात्रा, शत्रु गते र जात्रै जात्रा’ निर्देशन गरेर आफूलाई सफल निर्देशकको रुपमा प्रमाणित गरेका निर्देशक प्रदीप भट्टराई चौथो चलचित्र निर्देशनमा अगाडि बढेका छन् । उनले, निर्देशन गर्न लागेको चलचित्रको नाम ‘महापुरुष’ राखिएको छ ।

वैशाखको तेश्रो साताबाट छायांकनमा जाने यो चलचित्रलाई रविन्द्र सिंह बाँनिया र दीपेश खत्रीले लगानी गर्दैछन् । चलचित्रमा ‘शत्रु गते’का मुख्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य मुख्य भूमिकामा देखिदैछन् ।

साथमा, चलचित्रमा गौरी मल्ल, अरुण क्षेत्री, रविन्द्र सिंह बाँनिया, कविता सुवेदी र प्रशान्त श्रेष्ठको मुख्य भूमिका रहनेछ ।

रविन्द्र र प्रदीपको यो तेश्रो सहकार्य हो । मह जोडीले अभिनय गरेको ‘दाल भात तरकारी’ नामक चलचित्र बक्स अफिसमा औषत हिट भएपनि समीक्षकले रुचाएनन् । यसैले, यो चलचित्र मह जोडीका लागि विशेष छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *