पूजा–आकाशको ‘परेलीमा’, अडियो कमजोर भिडियो सुन्दर

२७ चैत २०७८ १५:१९

जेठको ६ गतेबाट रिलिज हुन लागेको नेपाली चलचित्र ‘संझना विर्सना’मा नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको मुख्य भूमिका छ । चलचित्रको निर्माणपक्षले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै पहिलो गीत सार्वजनिक गरेको छ । ‘परेलीमा’ बोलको गीतमा अन्जु पन्त र निमेष प्रधानको स्वर, निमेष प्रधानको शब्द तथा संगीत छ । यो चलचित्रको निर्देशक पनि निमेष नै हुन् ।

कमल राईले कोरियोग्राफी गरेको भिडियोमा मुख्य कलाकारद्धय पूजा शर्मा र आकाश श्रेष्ठले रोमान्टिक अभिनय गरेका छन् । तारा थापा ‘किम्भे’को सम्पादन, शिव ढकालको छायांकन रहेको भिडियोको कोरियोग्राफी कमल राईले गरेका हुन् ।

निमेषकै कथा, पटकथा तथा संवाद रहेको चलचित्रमा अद्धत्य प्रधान, रेविका प्रधानको लगानी छ ।

यो गीतको अडियो कमजोर छ । गीत दर्शक तथा श्रोताको मुखमा झुन्डिने खालको छैन । भिडियोलाई आकर्षक बनाउन यसका कलाकारको रोमान्स र लोकेशनले काम गरेको छ । अडियोमा अझै मिहिनेत गरेको भए गीतले फिल्मको प्रचारमा ठूलै सहयोग गर्ने थियो । आकाश र पूजाको जोडीका कारण दर्शकको ध्यान भिडियोले खिच्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *