पल नफर्किएसम्म आफै लगानी गरेर फिल्म बनाउँदिनँः पूजा शर्मा

२७ चैत २०७८ १५:००

गतबर्ष रिलिज भएको नेपाली चलचित्र ‘म यस्तो गीत गाउँछु २’ले बक्स अफिसमा सुपरहिटको व्यापार गर्यो । चलचित्र सुपरहिट हुँदा यसका निर्माता, निर्देशक र कलाकारलाई राम्रै फाइदा पनि भयो । तर, चलचित्र हेर्नका लागि हलमा दर्शकको बाक्लो उपस्थित भैरहँदा यसका नायक पल शाह भने थुनामा थिए । उनै, पललाई जिल्ला अदालत, तनहुँले पुर्पक्षका लागि थुनमा राख्न आदेश दिएको छ । एक नाबालिकाले आफूलाई पलले बलात्कार गरेको भन्दै उजुरी दिएपछि पलले प्रहरीसमक्ष आत्मसर्मपण गरेका थिए ।

पूजा शर्माले पल शाहबारे दिएको अभिव्यक्ति तलको भिडियोमा हेर्न सक्नुहुनेछः

चलचित्र रिलिजको समयमा ‘म यस्तो गीत गाउँछु २’की नायिका पूजा शर्माले पल शाह फर्किने दाबी बारम्बार गरिन् । तर, चलचित्र रिलिज भैसकेपछि पूजाले पलको नाम नै लिन छाडेको आरोप समेत उनीमाथि लाग्ने गरेको छ ।

पल शाहको पक्षमा बोल्दा पूजाले चर्को आलोचना समेत भोग्दै आएकी छिन् । तर, पलको माया आफूलाई झनै बढी लाग्न थालेको पूजा बताउँछिन् ।

पूजाले ‘म यस्तो गीत गाउँछु’बाट चलचित्रमा लगानी समेत गर्न थालेकी हुन् । ‘म यस्तो गीत गाउँछु, रामकहानी, म यस्तो गीत गाउँछु २’ पूजाले लगानी गरेका चलचित्र हुन् । यी तिन मध्ये २ चलचित्रमा पल शाह र एक चलचित्रमा आकाश श्रेष्ठ नायक छन् ।

तर, नायक पल शाह नफर्किएसम्म आफूले चलचित्रमा लगानी नगर्ने नायिका शर्माले बाचा गरेकी छिन् । हाम्रो सिनेमा र हिट नेपालसँग कुराकानी गर्दै पूजाले भनिन्–‘चलचित्रमा सँगै काम गरेपछि पलसँगको मेरो आत्मियता गहिरो बनेको थियो । पल मेरो सबैभन्दा नजिकको साथी हुन् । पल र आकाशलाई म आँखा दुई नानी मान्छु । यसैले, पल नफर्किएसम्म म आफै लगानी गरेर चलचित्र नै बनाउँदिन । पललाई नै पर्खिन्छु ।’

पूजा र पलले ‘म यस्तो गीत गाउँछु, म यस्तो गीत गाउँछु २’मा काम गरेका छन् । यस्तै, उनीहरुले दर्जन बढी म्युजिक भिडियोमा पनि एकसाथ काम गरेका छन् ।

तस्वीरः सरोज मोक्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *