‘लक्का जवान’ ट्रेलरः कमेडी त छ तर सिरियलको झल्को आउँछ

२५ चैत २०७८ १०:२३

प्रियंका कार्की, दिलिप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरि पौड्याल, सुरेन्द्र केसी, जयनन्द लामा, सरोज खनाल लगायतका कलाकारको अभिनय रहेको चलचित्र ‘लक्क जवान’ कोरोना महामारी नभएको भए उहिले रिलिज भैसक्थ्यो र दर्शकको प्रतिक्रिया पनि पाइसक्थ्यो ।

तर, ‘जिरे खुर्सानी’ नामक हाँस्य सिरियल निर्देशन गरेका कलाकार शिवहरि पौड्यालको डेब्यू निर्देशनमा तयार भएको यो चलचित्र हेर्नका लागि दर्शकले वैशाख २३ गतेसम्म पर्खनुपर्ने हुन्छ ।

तर, चलचित्रको ट्रेलर हेरेर नै दर्शकले चलचित्र कस्तो छ भन्ने भेउ त पाइसकेका छन् । कलाकारहरुको जम्बो टोली राखेर शिवहरिले बनाएको यो चलचित्रमा कमेडीका पाटाहरु छन् । तर, ती कमेडीलाई चलचित्रको लयमा बगाइएको छ कि सिरियलकै झल्को आउँछ भन्ने कुरा मुख्य हो ।

ट्रेलर हेर्दा सिरियलकै झल्को दर्शकको दिमागमा आउँछ । शिवहरिकै कथा, पटकथा र संवाद रहेको यो चलचित्रमा अन्सुया श्रेष्ठ दन्तको लगानी छ । किरण केसी, शिवहरि पौड्याल र दिलिप रायमाझी यो चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्रमा मित्र डी गुरुङको सम्पादन, पुरुषोत्तम प्रधानको छायांकन, बाबुल गिरीको संगीत छ ।

हामीले भन्ने त यत्ती हो, हलको पर्दामा ३ सय रुपैयाँ टिकट काटेर पुगेका दर्शकले चलचित्र हेर्दा धेरै बर्ष अगाडि नै बन्द भैसकेको ‘जिरे खुर्सानी’को झल्को नआओस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *