साम्राज्ञीमाथि निर्माताको भरोसा टुटेको छैन

२५ चैत २०७८ १०:११

हुनत, कुनै निर्माताले चलचित्र बनाउने सोच बनाउँदा कलाकार कसलाई लिने भनेर लामो समय नै सोच्नुपर्ने अवस्था नेपाली चलचित्र क्षेत्रमा छ । सामाजिक संजाल हेर्दा कलाकारको संख्या प्रशस्तै छ । तर, चलचित्र लिने बेलामा कसलाई किन लिने भनेर कारण खोतल्दा खोल्दा निर्माताको पसीना आउँछ ।

यसैले पनि होला, कतिपय कलाकारले त चलचित्र हिट नदिएर पनि काम पाइरहेका छन् । निर्माता पनि के गरुन्, चलचित्र बनाउने सोच आएपछि बनाउनै पर्यो । बनाउने भएपछि नचलेका माथि पनि पैसा खन्याउनै पर्यो ।

यस्तो अवस्थामा, चलचित्र नचलेपनि सधै चर्चामा रहने नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहमाथि निर्माताले विश्वास नगर्ने त कुरै भएन । यसैले, त निरन्तर चलचित्र नचलेपनि, विवादमा परेपनि साम्राज्ञीमाथिको विश्वासमा कमी आएको छैन ।
‘तिम्रो मेरो साथ’ र ‘ह्यारी कि प्यारी’को काम सकेपछि साम्राज्ञीले ‘लण्डन टू पेरिस’मा काम गर्ने पक्का भएको छ ।

घनश्याम लामिछानेको निर्देशनमा बन्न लागेको चलचित्रलाई एबी इन्टरनेसनलले निर्माण गर्नेछ । बेलायत र फ्रान्समा चलचित्रको छायांकन हुनेछ । यही समुहले नायक अनमोल केसी र नायिका सारा सिर्पालीलाई लिएर ‘हनी बनी’ पनि बनाउँदैछ । यही समुहले बनाएको ‘सम्हालिन्छ कहिले मन’ रिलिजको तयारीमा छ ।

साम्राज्ञीले अभिनय गरेको ‘रातो टिका निधारमा’ सुपरफ्लप भयो । ‘कायरा, मारुनी, इन्टू मिन्टु लण्डन’मा जस्ता चलचित्रले लगानी उठाउन सकेनन् । ‘ड्रिम्स र ए मेरो हजुर २’को क्रेडिटमा साम्राज्ञीको स्टारडम अझै पनि चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *