ज्याकलिनको ७ करोडको सम्पत्ती जफत

१७ वैशाख २०७९ १४:२३

बलिउड नायिका ज्याकलिन फर्नान्डेजको ७ करोड २७ लाखको सम्पत्ती प्रवर्तन निर्देशालय अर्थात इडीले जफत गरिदिएको छ । यो सम्पत्ती उनलाई ठगीको आरोप लागेका व्यापारी सुकेश चन्द्रशेखरले गिफ्ट गरेका थिए । भारतीय मिडियाका अनुसार, ज्याकलिनको साथमा यती धेरै रकमको एक फन्ड छ जसलाई इडीले जफत गरिदिएको छ ।

ज्याकलिनसँग इडीले ३ पटक सोधपुछ गरिसकेको छ । यस्तै, तिहाड जेलमा बन्द रहेका सुकेश चन्द्रशेखरसँगको सम्बन्धको बिषयमा पनि ज्याकलिनलाई सोधपुछ गरिएको थियो । चन्द्रशेखरले ज्याकलिनका लागि महंगो रकम खर्च गरेका थिए । यस्तै, उनीहरुविचका केही अन्तरंग तस्वीरहरु पनि सार्वजनिक भैसकेका छन् ।

उनलाई चन्द्रशेखरले सुन, हिराको औठी, ५२ लाख रुपैयाँको घोडा, ९–९ लाख पर्ने चार वटा विरालो उपहार दिएका थिए । चन्द्रशेखरले ज्याकलिनका लागि १० करोड खर्च गरेका थिए । भारतीय मिडियाका अनुसार, ज्याकलिनको साथमा ७४ करोड भन्दा बढीको सम्पत्ती छ । ज्याकलिन एक चलचित्रमा काम गरेको ३–४ करोड रुपैयाँ लिन्छिन् । ज्याकलिनको सन् २०१९ मा आम्दानी ९.५ करोड थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *