एक हजार करोड कमाउने चौथो भारतीय फिल्म बन्यो ‘केजीएफ २’

१७ वैशाख २०७९ १४:१४

साउथका सुपरस्टार नायक यशको मुख्य भूमिका रहेको चलचित्र ‘केजीएफ २’ले विश्व बक्स अफिसबाट एक हजार करोडको कमाई गरेको छ । योसँगै ‘दंगल, बाहुबली २, आरआरआर’पछि एक हजार करोड कमाउने चौथो चलचित्रमा ‘केजीएफ २’ले नाम लेखाएको छ ।

यो चलचित्रले हिन्दी भर्सनमा ३५० करोडको आँकडा पार गरिसकेको छ । यो चलचित्रले अब बलिउड चलचित्र ‘दंगल’को लाइफ टाइम कलेक्शन पनि पार गर्ने अड्कल लगाइएको छ ।

भारतीय मिडियाका अनुसार, एक सय करोडको बजेटमा बनेको यो चलचित्रले १६ औं दिनमा पनि विश्वभरबाट १६ करोड माथिको ग्रस कलेक्शन गरेको छ । चलचित्रले ‘सिक्रेट सुपरस्टार र बजरंगी भाइजान’ले विश्वभरबाट बनाएको व्यापारिक आँकडालाई पनि पछाडि छोडिदिएको छ ।

प्रशान्त नीलको निर्देशनमा तयार भएको यो चलचित्रमा यश, संजय दत्त, रविना टण्डन लगायतका कलाकारको मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *