तस्वीरमा हेर्नुहोस् पूजाको जन्मदिन

१७ वैशाख २०७९ १३:४४

नेपाली चलचित्रकी सफल नायिका पूजा शर्माले आज आफ्नो जन्मदिन सेलिव्रेशन गरिन् । पूजालाई जन्मदिनको दिनमा भ्याई नभ्याई नै भयो । परिवारका सदस्यदेखि फ्यानसँग जन्मदिन मनाउँदा पूजाको दौडधुप खुबै देखियो ।

विशेषगरि, पूजाको बर्थ डे उनका फ्यानहरुसँग विशेष देखियो । पूजाका फ्यानहरुले उनको बर्थ डे काठमाडौंको एक होटलमा भव्य रुपमा सेलिव्रेशन गरेका छन् । जन्मदिनमा फ्यानहरुले उनलाई महंगा उपहार समेत दिए । फ्यानहरुले पैसा धेरै भएर पनि पूजाप्रतिको मायाका कारण आफूहरुले बर्थ डे कार्यक्रम गरेको बताए । पूजाले फ्यानहरुको मायाले खुशी भएको बताउँदै भनिन्–‘मलाई फ्यानहरुको यही मायाका कारण काम गर्ने जोश र जागर आउँछ । यदि, फ्यानहरु नहुने हो भने हामीले काम गर्नुको पनि अर्थ छैन ।’

नेपालमा निक्कै कम कलाकारको मात्र फ्यानहरुले ठूलो कार्यक्रमको आयोजना गरेर बर्थ डे सेलिव्रेशन गर्ने गरेका छन् । पूजाले बिहानै कालभैरव मन्दिरमा पुगेर पूजा गरिन् । यसपछि, उनले आफ्नी आमासँग जन्मदिन र मातातिर्थ औषीको केक काटेकी थिइन् । यसपछि, उनी सिटी सेन्टरमा रहेको कोरियन फेसियल हाउसमा पुगेर केक काटिन् । त्यसपछि पूजा फ्यानहरुसँग जन्मदिन मनाउन पुगेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *