हलिउडकी रियालिटी शो स्टार किम कार्दशियन सधै नै आफ्नो पहिरनका कारण चर्चामा रहन्छिन् । उनको हट पहिरनले सामाजिक संजालमा सधै नै चर्चाको स्थान पाउँछ । केही बर्ष अगाडि मात्र आफ्ना श्रीमान् कान्ये वेष्टसँग डिभोर्स गरेकी किम नयाँ प्रेमीका कारण चर्चामा छिन् ।
हालैमात्र, कार्दशियन शोको प्रिमियरमा सहभागी भएर फर्किने क्रममा उनी आफ्ना नयाँ प्रेमी पेट डाभिड्सनको हात समातेर हिडिरहेकी थिइन् । उनको पहिरन हट थियो भने उनका नयाँ प्रेमीका कारण पनि उनी मिडियामा छाइन् ।
स्टिल ग्रे गाउनमा उनी आकर्षक देखिएकी थिइन् । किमले पेटेसँगको प्रेम सम्बन्धको बिषयमा अहिलेसम्म केही पनि बोलेकी छैनन् । तर, किम र उनको प्रेमीको तस्वीरले भने मिडियामा चर्चा पाइरहेको छ ।